नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, नेपाल बाहिरियो « Khabarhub

नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, नेपाल बाहिरियो


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ ।

बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा ताजकिस्तानले थप ३ गोल गर्‍यो ।

यससँगै नेपाल एक खेलअघि नै एएफसी यू–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि नेपाल बलियो इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

यता, ताजकिस्तानको भने प्रतियोगितामा दोस्रो जित हो । उसले अघिल्लो खेलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

यता, आजनै भएको समूह बी को खेलमा इरानले लेबनानलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै ताजकिस्तान समूह बी मा ६ अंकका साथ शीर्षस्थानमा छ । समान अंक भएपनि इरान गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

अब, अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दा ताजकिस्तान र इरान समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १० : ०३ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१