साथीसंग सम्बन्ध नबिग्रने ५ उपाय   « Khabarhub

साथीसंग सम्बन्ध नबिग्रने ५ उपाय  


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल जति छिटो सम्बन्ध जोडिन्छ, त्यो भन्दा छिटो सम्बन्ध तोडिने गर्दछ । अझ साथीहरूबिचको सम्बन्ध जोडिन जति सहज हुन्छ यसलाई टिकाइराख्न उति कै गाह्रो हुन्छ । कहिलेकाहीँ सामान्य कुराले पनि वर्षौँदेखिको सम्बन्धमा दरार ल्याउन सक्छ ।

साथीबिच एक पटक मनमुटाब भए वा सम्बन्ध बिग्रिए फेरी जोडिन वा विश्वास जगाउन निकै समस्या हुन्छ । यस्तोमा आफ्ना साथीसंगकोे सम्बन्ध टिकाइराख्न के गर्ने त ?

क) घमन्ड नगर्ने

आफ्ना साथीसँग कहिल्यै कुनै पनि कुरा तुलना वा घमन्ड देखाउने गर्नु हुँदैन । कतिपयले आफ्नो तलब, घरपरिवार, गाडी, सम्पत्ति वा अन्य कुराको घमन्ड गर्दछन् । घमण्डले आफ्नो नजिकका साथी बिस्तारै टाढिँदै जान सक्छन् । सकेसम्म नम्र बोल्ने, सबै कुरामा समानताको कुरा गर्ने र हरेक समस्यामा समाधानको सुझाव दिएमा सम्बन्ध प्रगाढ बन्दछ ।

ख) बेवास्ता नगर्ने

कहिलेकाहीँ जानअन्जानमा आफ्नो साथीको महत्त्वपूर्ण काम वा कुरालाई ध्यान दिन सकिँदैन । आफू व्यस्त भएका बेलामा बेवास्ता गर्दा साथीहरूबिचको सम्बन्ध बिग्रँदै जान्छ । यस्तोमा समयमा नै हरेक कुरालाई सुन्ने र बुझिदिने गर्नु पर्दछ । नभए आफ्नो काम सकिएपछि उनीहरूको कुरा सुन्नु पर्दछ । अन्यथा आफ्नो काम महत्त्वपूर्ण भए त्यसबारे बुझाउनु पर्दछ ।

ग) पारदर्शी कारोबार

साथीभाइबिच हुने धनको लेनदेन पनि साथीबिच मनमुटाबको प्रमुख कारण हो । धनको लेनदेनले धेरैको सम्बन्धमा दरार उत्पन्न गराएको पाइन्छ । त्यसैले गहिरो सम्बन्धमा सकेसम्म धनको लेनदेन नगर्ने गर्नु परे पारदर्शी हुन सके सम्बन्ध टिकिराख्न सक्छ ।

घ) हरेक कुरामा आशा नगर्ने

कतिपयको साथीसँग जे कुरामा पनि सहयोगको अपेक्षा गर्ने बानी हुन्छ । तर साथी हो भन्दैमा हरेक कुरामा उसले सहयोग गर्न सम्भव नहुन सक्छ । यस्तोमा आफ्ना स–साना काम सकेसम्म आफैँ गर्ने बानीको विकास गरे सम्बन्ध बिग्रदैन ।

ङ) विश्वास गर्ने

हरेक व्यक्तिको सम्बन्ध टिक्न एकअर्काप्रतीको विश्वास महत्त्वपूर्ण हुन्छ । तसर्थ कहिल्यै आफ्नो साथीप्रतिको विश्वासमा तुषारापात गर्नु हुँदैन । अन्यथा सामान्य गल्तीले पनि सम्बन्धमा खटपट हुन सक्छ । त्यसैले साथीप्रति अनावश्यक शंका नगर्नहोस् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ५४ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन