विश्वभर ४ लाख ७४ हजार थपिए, ५ हजार २९५ को मृत्यु « Khabarhub

विश्वभर ४ लाख ७४ हजार थपिए, ५ हजार २९५ को मृत्यु

युरोपमा संक्रमणदर बढ्दै


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर ४ लाख ७४ हजार ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ६५ हजार ४५८ संक्रमित निको भएका छन् भने ५ हजार २९५ जना संक्रमितको मृत्यु भएको छ ।

थपिने संक्रमितको संख्या प्रायजसो युरोपका मुलुकहरुमा धेरै छ । तीमध्ये जर्मनीमा ४९ हजार ३११, अमेरिकामा ३९ हजार ५६७, फ्रान्समा ३७ हजार २१८, रुसमा ३३ हजार ९४६, पोल्याण्डमा २६ हजार १८२, नेदरल्याण्डमा २२ हजार ३१ र बेल्जियममा २१ हजार ७७२ जना थपिएका हुन् ।

मृत्यु हुनेमा पनि युरोपकै मुलुकहरुमा धेरै देखिएको छ । सबैभन्दा धेरै रुसमा एक हजार २३९, युक्रेनमा ५६८, पोल्याण्डमा ३७८, जर्मनीमा १७० र जर्मनीमा १३१ जना रहेका छन् ।

संक्रमणमुक्त हुनेमा अमेरिकामा ३९ हजार ४०९, रुसमा ३६ हजार ४९४, जर्मनीमा २७ हजार ८००, युक्रेनमा २२ हजार ९४६, पोल्याण्डमा २२ हजार ६३० र अस्ट्रियामा ११ हजार ६९७ जना छन् ।

यस्तै एसियामा टर्कीमा २५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७५९ जना संक्रमित थपिएका छन् । मलेसियामा ५ हजार ९७ जना थपिँदा ५ हजार बढी निको भएका छन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ३२ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको