ओलीसहित पाँच नेताले पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्दै | Khabarhub Khabarhub

ओलीसहित पाँच नेताले पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्दै


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सौराहा -नेकपा एमालेको १०औं महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै समापन हुने भएको छ । सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी ओली जुटेका छन् ।

अहिले ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालको छुट्टै बैठक बसेको छ । बैठकले पदाधिकारी तथा केन्द्रीय कमिटी सूची बनाउने भएको छ । सोही सूचीलाई अध्यक्ष ओलीले बन्दसत्र हलमा सार्वजनिक गर्ने तयारी छ ।

शीर्ष नेताको बैठकअघि अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीसँग छुट्टाछुट्टै भेटेका थिए । ओलीले नेताहरूको कुरा मात्र सुनेको तर कुनै प्रतिक्रिया नदिएको एक नेताले बताए ।

उपाध्यक्ष भीम रावलले भने अध्यक्षमा चुनाव लड्ने बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : ४७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’