एमाले महाधिवेशन : अन्तिम लडाइँमा सुवास नेम्वाङ « Khabarhub

एमाले महाधिवेशन : अन्तिम लडाइँमा सुवास नेम्वाङ


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– १०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ ।

भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु भएको छैन । चितवन यतिबेला भीम रावललाई उपाध्यक्षमा मनाएर केपी ओलीलाई पुनः नेतृत्वमा स्थापित गर्न चाहन्छ ।

रावललको अडान र ओलीको पक्षमा सर्वसम्मतको बहसमा केन्द्रित चितवनमा भेला भएकामध्ये एकजना नेता भने कार्यकारी राजनीतिक जीवनको अन्तिम लडाइँमा छन् ।

२०२९ सालमा अनेरास्ववियुको राजनीतिबाट उदाएका इलामे नेता सुवासचन्द्र नेम्वाङ चितवनमा वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने अडानमा छन् । उनलाई ओलीले राष्ट्रपतिको आश्वासन देखाए पनि मानेका छैनन् ।

यसका पछि एउटै कारण छ– नेम्वाङका लागि यो महाधिवेशन एमालेको केन्द्रीय पदाधिकारीमा बसेर काम गर्ने पहिलो र अन्तिम अवसर हो ।

संसदीय फाँटमा एमालेको तर्फबाट अवसर नै अवसर पाउँदै आएका नेम्वाङ पार्टी राजनीतिमा भने स्थायी कमिटीबाट माथि पुग्नै सकेका छैनन् । अर्थात् उनी हालसम्म एमालेको केन्द्रीय कमिटीमा पदाधिकारी भएका छैनन् ।

एमाले विधानले ७० वर्ष पूरा भएपछि पार्टीको कार्यकारी पदमा रहन नपाउने भनेको छ । नेम्वाङ १०औं महाधिवेशनमा आइपुग्दा ६८ वर्ष आठ महिनाका भएका छन् ।

यो महाधिवेशनबाट उनी पदाधिकारीमा अटाउन सकेनन् भने ११औं महाधिवेशनमा उनी उमेरहदका कारण स्वतः अवकाशमा परिसकेका हुनेछन् ।

२०६४ र २०७० को संविधानसभा निर्वाचनपछि उनले संविधानसभा अध्यक्षको भूमिका पाए । कानुनमन्त्रीदेखि संसदीय दलको उपनेतासम्म भए । तर पार्टीको पदाधिकारीमा अट्ने यो अन्तिम अवसर हो ।

‘यसपटक पदाधिकारी हुनुभएन भने उहाँ पदाधिकारी नै बन्न नपाई एमालेको कार्यकारी राजनीतिबाट अलग हुनुपर्ने भएकाले पनि वरिष्ठ उपाध्यक्षमा स्वाभाविक दाबी गर्नुभएको हो,’ इलामको सूर्योदय नगरपालिका उपप्रमुखसमेत रहकी एमाले महाधिवेशन प्रतिनिधि दुर्गादेवी भट्टराई भन्छिन् ।

इलामसहित प्रदेश १ बाट आएका अधिकांश प्रतिनिधि र जनजाति पृष्ठभूमिका नेताहरू यही कारण पनि नेम्वाङलाई जसरी पनि पदाधिकारीमा भएको हेर्न चाहिरहेको उनको भनाइ छ ।

२०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङले २०३५ देखि २०५१ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरे भने २०४३ मा उनी नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए ।

संसदीय निर्वाचनमा अहिलेसम्म पराजय नभोगेका नेम्वाङ सहमति नभए निर्वाचनबाटै भए पनि पदाधिकारीमा अटाउनेमा ढुक्क छन् ।

आफूले अहिलेसम्म चुनाव नहारेको बताउने नेम्वाङ सहमतिको नाममा ओझेलमा नपारिए वरिष्ठ उपाध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई सहजै पराजित गर्ने आंकलनसहित निर्वाचनमै जान चाहिरहेको उनी निकट नेताहरू बताउँछन् । न्यूजकारखाना

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : ०५ बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप