विधिअनुसार नचल्दा कांग्रेसको छवि खराब हुँदै गयो : प्रकाशमान « Khabarhub

विधिअनुसार नचल्दा कांग्रेसको छवि खराब हुँदै गयो : प्रकाशमान


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र नियमअनुसार पार्टी नचल्दा कांग्रेसको छवि विग्रदै गएको बताएका छन् ।

आइतबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिको १४ औँ अधिवेशन उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले पार्टीको १३ औँ महाधिवेशन सकिएको दुई महिना भित्र विभागहरु गठन गर्नुपर्ने पार्टीको विधान भए पनि ५ वर्षपछि पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको टिप्पणी गरे ।

नेता सिंहले बहुमत छ भन्दैमा पार्टीलाई विधि र अनुशासनभन्दा बाहिर गएर सञ्चालन गर्न नहुने धारणा राखे । उनले काठमाडाँै जिल्लाको अधिवेशनमा भोट हाल्दा पार्टीलाई बेथितितिर लैजाने कि नीति र नियम संवत चलाउने भन्नेतर्फ ध्यान दिन आग्रह गरे । उनले कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने सन्देश यसपटकको काठमाडाँै जिल्लाको अधिवेशनले दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेता गगन थापाले चितवन महाधिवेशनपछि आउने नेकपा एमाले आफ्नो भित्रको जनवादलाई सिध्याउने मात्र नभई देशको प्रजातन्त्रको बाटोलाई पनि सिध्याउने गरी आउने दाबी गरे। बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांगेसले गर्न सक्नुपर्ने उनले बताए ।

उनले एमाले चितवनबाट फर्किएपछि निर्वाचनमा जाने भएकाले कांग्रेसले एमालेसँग निर्वाचन अघि प्रजातन्त्र, संविधान र व्यवस्था जोगाउनका लगि जुध्नुपर्ने भएकाले देशभरबाट एमालेसँग जुध्नसक्ने सिंगो पार्टीलाई उचाल्न सक्ने नेतृत्व छनोट गर्न आग्रह गरे।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : १९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा