विश्वकपको ग्लोबल छनोट हुनबाट चुक्यो नेपाल « Khabarhub

विश्वकपको ग्लोबल छनोट हुनबाट चुक्यो नेपाल


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको विश्वकप यात्रा रोकिएको छ । आफूले खेलेका ५ मध्ये ३ खेलमात्र जितेको नेपाल ग्लोबल छनोटका लागि अगाडि बढ्न सकेन ।

एसियाली छनोट अन्तर्गत आइतबार भएको खेलमा नेपाल आयोजक यूएईसँग ४८ रनले पराजित भयो । शतप्रतिशत नतिजासहित आयोजक यूएई समूह विजेता बन्दै विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । उसको १० अंक छ । तीन खेलमा जित निकालेको नेपालको ६ अंक छ ।

दुबईमा यूएईले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभर सकिन २ बल बाँकी छँदै ७९ रनमा अलआउट हुन पुग्यो ।

नेपालका लागि ईन्दु बर्मा १५ र सीता राना मगरले १३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । सरिता मगर र काजोल श्रेष्ठले समान ८–८ तथा कविता कुँवर र अप्सरी बेगम समान ४–४, क्याप्टेन रुविना क्षेत्री, करुणा भण्डारी र सवनम राई समान २–२ तथा कविता जोशी एक रनमा आउट भए । संगीता राई ३ रनमा नटआउट रहिन् ।

नेपाललाई सस्तैमा समेट्न समिरा धर्नीधार्काले ४ तथा खुशी शर्मा र चामनी सेनेभिरन्ताले २–२ विकेट झारिन् ।

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १२७ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

पहिलो ओभरको अन्तिम बलमा नेपाल विकेट लिन सफल भए पनि चामनी सेनेभिरन्ताले ५२ र थिर्था सतिसले ४७ रन बनाएपछि यूएई सम्मानजनक योगफल बनाउन सफल भयो ।

कविता कुँवरले २ तथा सवनम राई, सीता राना मगर र संगीता राईले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : ४५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको