नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने क्यानडाली नागरिकलाई ३० वर्षको जेल सजाय « Khabarhub

नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने क्यानडाली नागरिकलाई ३० वर्षको जेल सजाय


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने भारतीय मूलका क्यानडाली नागरिक असिफ अमिराली अलिभाई जेठालाई ३० वर्ष कैद सजायको फैसला सुनाएको छ।

केन्याको अदालतले उनलाई ३० वर्षको जेल सजाय सुनाएको केन्याको सञ्चार माध्यम https://www.mwakilishi.com ले जनाएको छ । उनलाई नेपाली युवती तस्करीमा दोषी ठहर गर्दै सजाय सुनाइएको हो ।

समाचार अनुसार उनीमाथि नेपाली युवतीको तस्करी र बेचबिखन गरेको तथा अरूको राहदानी नियन्त्रणमा लिएको आरोप लगाइएको थियो। सोही आरोपमा उनलाई ११ लाख केन्याली मुद्रा सिलिङ जरिवाना गरिएको छ।

सन् २०१९ मा स्थानीय प्रहरीले केन्याको मोम्बासास्थित रङ्गिला ग्रिल एन्ड बारमा छापा मारेर १२ जना नेपाली युवतीको उद्धार गरेर नेपाल फर्काएको थियो।

उद्धार गरिएकामा २ जना नेपाली युवतीको उमेर १६ र १७ वर्ष रहेको खुलेको थियो। ८ जना २२ र २६ बिचका थिए भने २ जना ३० वर्षका थिए।
नेपाली युवतीहरुलाई केन्या लगेर जबरजस्ती डान्स बारमा काम लगाएको खुलासा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : ५८ बजे

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी