जाजरकोट बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लगियो « Khabarhub

जाजरकोट बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लगियो


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस जाजरकोटमा राति दुई बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

कुशे-९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ । २९ जना घाइतेको उद्धार गरिएको थियो ।

बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

दुर्घटनामा बेहोस भएका उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । तीन जनाको अहिलेसम्म होस खुल्न सकेको छैन । कुशे-९ जाजरकोटका देवीसरा नेपाली, उनका श्रीमान् वीरबहादुर नेपाली र छोरा प्रचण्ड नेपालीलाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको हो । श्रीमान-श्रीमती दुवैको अवस्था चिन्ताजनक छ ।

त्यस्तै, नलगाड-४ कि आस्था वलीको अवस्था पनि गम्भीर छ । उनलाई पनि नेपालगञ्ज लगिएको छ । आठविसकोट-५ का शरद शाही र आठवीसकोट-४ रुकुम पश्चिमकी धर्मी मल्ललाई पनि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको हो ।

उनीहरू सबैको अवस्था गम्भीर छ । त्यस्तै बिपना परियार, वर्षा परियार, अभिसेक परियार, दत्ते नेपाली, शेरबहादुर खत्री, मोहन खत्री, संगिता बुढा र काली बोहरालाई गाडीबाट नेपालगञ्ज पठाइएको छ ।

पाँच जना सामान्य उपचारपछि घर फर्किएका छन् । नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एक जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै