१९ पदाधिकारी र केन्द्रीय सदस्यको सूचीसहित हलभित्र छिरे ओली, शुरू भयो बैठक | Khabarhub Khabarhub

१९ पदाधिकारी र केन्द्रीय सदस्यको सूचीसहित हलभित्र छिरे ओली, शुरू भयो बैठक


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सौराहा-  नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्रअघि अध्यक्षमण्डलको बैठक शुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली होटल सफारीबाट बन्दसत्रस्थलमा केन्द्रीय कमिटी सदस्यको सूची लिएर पुगेका हुन् ।ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् ।

बन्दसत्र सारेर अहिले महाधिवेशन अध्यक्षमण्डलको बैठक बसिरहेको छ । बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमाथि छलफल भइरहेको छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहेका छन् ।त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा छन् ।

तर अध्यक्षको उम्मेदवारी दिएका भीम रावलले सहमति नगर्ने निर्वाचन नै लड्ने भनेपछि सर्वसम्मतीको प्रयासमा धक्का लागेको छ ।

ओलीका समर्थकहरूले भने सर्वसम्मतीमा नेतृत्व चयन हुनुपर्ने मागसहित नाराबाजी गरिरहेका छन् ।

 

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ४८ बजे

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक