मंगलबारको दिन गर्न नहुने यी ५ काम « Khabarhub

मंगलबारको दिन गर्न नहुने यी ५ काम


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्रानुसार सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।

मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त कोषिकाहरु मंगलसँग सम्बन्धित हुन्छन् । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ। मंगलको रातो रंग मृत्यु वा रगत सँग सम्बन्धित मानिन्छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् ।

१– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ ।मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

५– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ४५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग