दयालु चोर जसले चोरेको सामान माफी माग्दै फर्काइदिए | Khabarhub Khabarhub

दयालु चोर जसले चोरेको सामान माफी माग्दै फर्काइदिए


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको उत्तर प्रदेशको बान्दामा चोरीको एक रोचक घटना सार्वजनिक भएको छ ।

जब चोरलाई पसल धनीको समस्याको बारेमा थाहा भयो तब उनले सबै सामान फिर्ता मात्रै गरेनन् चोरी गरेकोमा माफीसमेत मागे। चोरले उक्त पसलमा चोरी गर्नुमा गलत सूचनालाई कारण मानेका छन् ।

बान्दाको चन्द्रायल गाउँका दिनेश तिवारी आर्थिक रुपमा निकै गरिब छन् । उनले ब्याजमा ४० हजार रिन लिएर वेल्डिंगको काम थालेका थिए। नियमित झैँ २० डिसेम्बरको बिहान पसल खोल्न पुगेपछि पसलको ताला टुटेको र पसलमा चोरी भएको पाए । यस विषयमा उनी प्रहरीकोमा उजुरी गर्न पनि पुगे तर कार्यालय प्रमुखको अनुपस्थितीका कारण उजुरी दर्ता हुन पाएन ।

दिनेशको पसलमा चोरी भएको खबर गाँउभरी फैलियो । लगत्तै चोरीको २ दिनपछि २२ डिसेम्बरका दिन गाउँका केहि मानिसमार्फत दिनेशले घरभन्दा केहि पर चोरी भएको सामान भेटिएको खबर पाए । चोरले चोरेको सामान सुरक्षित रुपमा एक बोरा र डब्बामा प्याक गरी त्यसमाथि माफीनामा लेखेर छाडेका थिए ।

फर्काएको सामानमा चोरले लेखेका थिए, यो दिनेश तिवारीको सामान हो । हामीलाई एक व्यक्तिबाट तपाईंको बारेमा थाहा भयो । हामी केवल त्यसलाई जान्दछौ जसले हामीलाई लोकेशनको सूचना दियो । ती दिनेश कुनै सामान्य मानिस होइनन् । तर जब हामीले तपाईंको बारेमा जानकारी पायौँ। हामीलाई दुख लागेको छ। त्यसैले हामी तपाईंको सामान फिर्ता दिदैँछौ । गलत लोकेशनका कारण हामीबाट गल्ती भयो । चोरको माफिनामा अनुसार चोर बाहरी भएको तर चोरलाई मद्दत गरी सूचना दिने व्यक्ति स्थानीय भएको बुझिन्छ ।

दिनेशका अनुसार उनको पसलबाट २ वेल्डिंग मेसिन, १ तराजु, १ ठुलो कटर मेसिन, १ ग्लेण्डर र १ ड्रिल मेसिन गरी कुल ५ सामान चोरी भएको थियो । तर ती सबै सामान दिनेशले सुरक्षित गरी फिर्ता पाएका छन् । दिनेश भन्छन्, ‘मेरो पसलमा चोरी कसले गर्‍यो । कसले सामान फिर्ता दियो त्यो मलाई थाहा छैन। त्यसैले मैले चोरीको सामान भेटिएको सूचना प्रहरीलाई दिइसके ।’

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : २२ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका