एक आलुको प्रयोगमा यतिधेरै चमत्कारीक लाभ पाउन सकिन्छ « Khabarhub

एक आलुको प्रयोगमा यतिधेरै चमत्कारीक लाभ पाउन सकिन्छ


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आलुका परिकार निकै स्वादिष्ट मानिन्छन् । यसमा पोषण पनि पर्याप्त मात्रामा पाइन्छ । तर खानका अलावा आलुका अन्य धेरै उपायोग छन् । आलुमा प्राकृतिक ब्लिचिङ एजेन्ट हुने भएकाले यसले छालाको रङलाई निखार्न मद्दत गर्दछ ।

आलुको प्रयोगले छालाको दाग धब्बालाई हटाउनेदेखि अनुहारको रंगमा समेत निखार ल्याउँछ । आलुमा एन्टीएजिङ गुण हुन्छ जसले छाला चाउरीनबाट बचाउन सहयोग गर्दछ ।

आलुको फाइदा 

– एउटा आलुको रसमा अण्डाको सेतो भाग मिसाएर अनुहार र गर्धनमा लगाउने र २० मिनेटपछि पानीले धुँदा छाला चाउरी पर्नबाट जोगाउँछ।

– एउटा आलुलाई कोरेसोमा कोर्ने र यसमा एक चिम्टी बेसारको धुलो मिसाएर अनुहारमा लगाउँदा छालाको रंग गोरो हुँदै जान्छ ।

– आलुको एउटा स्लाइसमा केही थोपा पानी हालेर यसलाई अनुहारमा पाँच मिनेटसम्म बिस्तारै दलेमा अनुहारको दाग धब्बा हटेर जान्छ ।

– एउटा आलुको रसमा केही थोपा कागतीको रसको मिसाएर अनुहार र हातमा १० मिनेटसम्म लगाउँदा अनुहारको चमक बढ्दछ ।

– आलुलाई पिसेर यसमा मुल्तानी माटो र गुलाब जल मिसाएर अनुहारमा लगाउने र सुकेपछि धुने । नियमित यसो गरे अनुहारको निखार बढ्छ ।

– आलुको रसमा काँचो दूध मिसाएर छालामा लगाएर २० मिनेटमा धोए छाला गोरो हुन्छ ।

– एउटा आलुलाई टुक्रा पारेर यसलाई आँखाको मुनीको डार्क सर्कलमा पाँच मिनेटसम्म राखेमा डार्क सर्कल हट्छ ।

– आलु पिसेर काँचो दूध र बदामको तेल मिसाइ छालामा लगाउँदा छाला नरम हुन्छ ।

– आलुको रसमा २ चम्चा कागतीको रस मिसाएर अनुहारमा लगाउने आधा घण्टापछि धुँदा अनुहारको रंग निखार्छ ।

– एउटा कोरेसोमा कोरेको आलुलाई दहीमा मिसाएर अनुहारमा लगाउँदा छाला गोरो हुन्छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : १२ बजे

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

ग्यास अभावको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल, अब प्रति महिना ५० हजार मेट्रिक टन आयात गर्ने

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने

हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर