एक आलुको प्रयोगमा यतिधेरै चमत्कारीक लाभ पाउन सकिन्छ « Khabarhub

एक आलुको प्रयोगमा यतिधेरै चमत्कारीक लाभ पाउन सकिन्छ


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आलुका परिकार निकै स्वादिष्ट मानिन्छन् । यसमा पोषण पनि पर्याप्त मात्रामा पाइन्छ । तर खानका अलावा आलुका अन्य धेरै उपायोग छन् । आलुमा प्राकृतिक ब्लिचिङ एजेन्ट हुने भएकाले यसले छालाको रङलाई निखार्न मद्दत गर्दछ ।

आलुको प्रयोगले छालाको दाग धब्बालाई हटाउनेदेखि अनुहारको रंगमा समेत निखार ल्याउँछ । आलुमा एन्टीएजिङ गुण हुन्छ जसले छाला चाउरीनबाट बचाउन सहयोग गर्दछ ।

आलुको फाइदा 

– एउटा आलुको रसमा अण्डाको सेतो भाग मिसाएर अनुहार र गर्धनमा लगाउने र २० मिनेटपछि पानीले धुँदा छाला चाउरी पर्नबाट जोगाउँछ।

– एउटा आलुलाई कोरेसोमा कोर्ने र यसमा एक चिम्टी बेसारको धुलो मिसाएर अनुहारमा लगाउँदा छालाको रंग गोरो हुँदै जान्छ ।

– आलुको एउटा स्लाइसमा केही थोपा पानी हालेर यसलाई अनुहारमा पाँच मिनेटसम्म बिस्तारै दलेमा अनुहारको दाग धब्बा हटेर जान्छ ।

– एउटा आलुको रसमा केही थोपा कागतीको रसको मिसाएर अनुहार र हातमा १० मिनेटसम्म लगाउँदा अनुहारको चमक बढ्दछ ।

– आलुलाई पिसेर यसमा मुल्तानी माटो र गुलाब जल मिसाएर अनुहारमा लगाउने र सुकेपछि धुने । नियमित यसो गरे अनुहारको निखार बढ्छ ।

– आलुको रसमा काँचो दूध मिसाएर छालामा लगाएर २० मिनेटमा धोए छाला गोरो हुन्छ ।

– एउटा आलुलाई टुक्रा पारेर यसलाई आँखाको मुनीको डार्क सर्कलमा पाँच मिनेटसम्म राखेमा डार्क सर्कल हट्छ ।

– आलु पिसेर काँचो दूध र बदामको तेल मिसाइ छालामा लगाउँदा छाला नरम हुन्छ ।

– आलुको रसमा २ चम्चा कागतीको रस मिसाएर अनुहारमा लगाउने आधा घण्टापछि धुँदा अनुहारको रंग निखार्छ ।

– एउटा कोरेसोमा कोरेको आलुलाई दहीमा मिसाएर अनुहारमा लगाउँदा छाला गोरो हुन्छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : १२ बजे

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार