युनाइटेडसँग बराबरीमा रोकियो न्यूक्यासल « Khabarhub

युनाइटेडसँग बराबरीमा रोकियो न्यूक्यासल


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बैकल्पिक खेलाडी इडिन्सन काभानीको गोलसँगै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ ।

सोमबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेड न्युक्यासलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको सातौँ मिनेटमा एलान सेन्ट म्याक्सिमिनले गरेको गोलसँगै घरेलु टोली न्युक्यासलले अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुआतमै मैदान प्रवेश गरेका ३४ वर्षीय काभानीले ७१ मिनेटमा गरेको गोलसँगै युनाइटेडले हार टारेको हो ।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्टो भने गोलविहीन रहे ।

बराबरीसँग युनाइटेड पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ । १७ खेल खेलेको युनाइटेड २८ अंकसहित साँतौ स्थानमा छ । न्युक्यासल भने १९ खेलबाट ११ अंकसहित रेलिगेशन जोनमा छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ७ : ३० बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२