एभीसी भलिबलको उपाधिका लागि नेपाल उज्वेकिस्तानसँग भिड्दै « Khabarhub

एभीसी भलिबलको उपाधिका लागि नेपाल उज्वेकिस्तानसँग भिड्दै


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि मंगलबार नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् ।

साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

पाँच खेलमा १४ अंकसहित नेपाल शीर्ष स्थानमा रह्यो । यस्तै उज्वेकिस्तान १२ अंकका साथ दोस्रो स्थानमा छ ।

लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटमा जित निकालेको नेपाली टोली फाइनलमा सहज जित निकाल्दै फेरी स्वर्ण पदक जित्नेमा आशावादी छ ।

‘विपक्षी टोली कमजोर छैन । पहिलो खेलमा हामी घुलमिल भइसकेका थिएनौँ । श्रीलंकासँग दबाबमा खेल्यौ । पछि घुलमिल भएपछि हामी सबै टोलीलाई सोझो सेटमा हराउन सफल भयौं,’ कप्तान अरूणा भन्छिन् ।

‘फाइनलमा पनि सोही अनुसार प्रदर्शन गरेर राष्ट्रलाई फेरी एकपटक स्वर्ण पदक दिलाउनेमा हामी आशावादी छौं ।’

सन् २०१९ मा बंगलादेशमा नै भएको पहिलो संस्करणमा नेपालको पहिलोपटक कप्तानी सम्हालेकी अरूणाले ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन्।

समूह चरणमा बंगलादेश, अफगानिस्तान र किर्गिस्तानमाथि सोझो सेटमा जित निकालेको नेपालले फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : २५ बजे

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन