महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा | Khabarhub Khabarhub

महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ ।

सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले २०२२ को लागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो ।

जसमा नेपालले दक्षिण एसियाली महिला भलिबल, बंगलादेशले दक्षिण एसियाली बिच भलिबल र श्रीलंकाले दक्षिण एसियाली पुरुष भलिबल च्याम्पियनसिपको आयोजना गर्ने जिम्मेवारी पाएको नेपाल भलिबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर संघले प्रतियोगिता आयोजना गर्ने मिति भने सार्वजनिक गरेको छैन ।

बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १ : ३० बजे

वामदेवको तर्क : सबै भूमि राष्ट्रियकरण नगरेसम्म देश अघि बढ्न सक्दैन

काठमाडौं- राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म

भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

बेङ्गलोर– भारतमा विषाक्त मदिराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण

‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

तारकेश्वर नगरले तेस्रोलिङ्गीलाई मासिक ५ हजार भत्ता दिने

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक ५ हजार रुपैयाँ हजार