जाडो छल्न आधाभन्दा बढी स्थानीयले छाडे घुन्सा गाउँ « Khabarhub

जाडो छल्न आधाभन्दा बढी स्थानीयले छाडे घुन्सा गाउँ


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ-  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा हिमपात सुरु भएसँगै आधाभन्दा बढी घरपरिवारले गाउँ छाडेका छन् ।

३७ घरपरिवार रहेको घुन्सामा अहिले २५ घरपरिवारले जाडो छल्न घुन्सा छाडेका हुन् ।

घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि ३५०० मिटर उचाइमा पर्छ ।

प्रत्येक वर्षको पुस, माघ र फागुन तीन महिना हिउँले गाउँलाई नै छोप्ने गर्दछ । हिउँ परेपछि पग्लेर जाँदैन । सिसाजस्तै कडा बरफ बनेर जमिरहन्छ । हिउँ पग्लिन एक महिनासम्म लाग्न सक्छ ।

तीन महिना हिउँ र चिसोका कारण निकै कष्टकर समय बिताउनुपर्ने भएकाले आफूहरूले प्रत्येक वर्ष घुन्सा छाड्ने गरेको स्थानीय टासी तेन्जीङले बताए । गत सातादेखि घुन्सा गाउँमा हिउँ पर्न थालेको छ ।

हिउँ र जाडो छल्न आइतबार पेमा शेर्पा घुन्सा गाउँ छाडेर दुई तीन महिनाका लागि ताप्लेजुङको सदरमुकाम फुङलिङ हिँडेका छन् । दुई दिन पैदलयात्रा गरेपछि हाङद्रुङ भन्ने ठाउँमा पुगिन्छ । हाङद्रुङबाट गाडी चढेर करिब आठ घन्टामा सदरमुकाम फुङलिङ पुग्न सकिन्छ ।

पेमा शेर्पा मात्र होइन, घुन्साका २५ घरपरिवार नै फुङलिङ हुँदै अन्य ठाउँमा जाडो छल्न गएका छन् । सबैभन्दा धेरै घरपरिवार काठमाडौ जाने गरको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए ।

सात घरपरिवार जाडो छल्न काठमाडौँ पुगेका छन् । चार परिवार फुङलिङ बजारमा कोठा लिए बसेका छन् । एक परिवार इलामको पशुपति बजार पुगेको छ ।

घुन्सा गाउँमा ३७ परिवार स्थायी रूपमा बासोबास गर्दै आएको स्थानीय पेमा शेर्पाले बताए । अहिले १२ परिवार मात्र घुन्सा गाउँमा छ । हिमाली क्षेत्र भएकाले यहाँ खेतीपाती हुँदैन । कञ्चनजंघा हिमालको प्रवेशद्वार भएकाले यहाँको मुख्य व्यवसाय पर्यटनसँग निर्भर छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १ : ४५ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स