जाडो छल्न आधाभन्दा बढी स्थानीयले छाडे घुन्सा गाउँ | Khabarhub Khabarhub

जाडो छल्न आधाभन्दा बढी स्थानीयले छाडे घुन्सा गाउँ


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ-  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा हिमपात सुरु भएसँगै आधाभन्दा बढी घरपरिवारले गाउँ छाडेका छन् ।

३७ घरपरिवार रहेको घुन्सामा अहिले २५ घरपरिवारले जाडो छल्न घुन्सा छाडेका हुन् ।

घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि ३५०० मिटर उचाइमा पर्छ ।

प्रत्येक वर्षको पुस, माघ र फागुन तीन महिना हिउँले गाउँलाई नै छोप्ने गर्दछ । हिउँ परेपछि पग्लेर जाँदैन । सिसाजस्तै कडा बरफ बनेर जमिरहन्छ । हिउँ पग्लिन एक महिनासम्म लाग्न सक्छ ।

तीन महिना हिउँ र चिसोका कारण निकै कष्टकर समय बिताउनुपर्ने भएकाले आफूहरूले प्रत्येक वर्ष घुन्सा छाड्ने गरेको स्थानीय टासी तेन्जीङले बताए । गत सातादेखि घुन्सा गाउँमा हिउँ पर्न थालेको छ ।

हिउँ र जाडो छल्न आइतबार पेमा शेर्पा घुन्सा गाउँ छाडेर दुई तीन महिनाका लागि ताप्लेजुङको सदरमुकाम फुङलिङ हिँडेका छन् । दुई दिन पैदलयात्रा गरेपछि हाङद्रुङ भन्ने ठाउँमा पुगिन्छ । हाङद्रुङबाट गाडी चढेर करिब आठ घन्टामा सदरमुकाम फुङलिङ पुग्न सकिन्छ ।

पेमा शेर्पा मात्र होइन, घुन्साका २५ घरपरिवार नै फुङलिङ हुँदै अन्य ठाउँमा जाडो छल्न गएका छन् । सबैभन्दा धेरै घरपरिवार काठमाडौ जाने गरको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए ।

सात घरपरिवार जाडो छल्न काठमाडौँ पुगेका छन् । चार परिवार फुङलिङ बजारमा कोठा लिए बसेका छन् । एक परिवार इलामको पशुपति बजार पुगेको छ ।

घुन्सा गाउँमा ३७ परिवार स्थायी रूपमा बासोबास गर्दै आएको स्थानीय पेमा शेर्पाले बताए । अहिले १२ परिवार मात्र घुन्सा गाउँमा छ । हिमाली क्षेत्र भएकाले यहाँ खेतीपाती हुँदैन । कञ्चनजंघा हिमालको प्रवेशद्वार भएकाले यहाँको मुख्य व्यवसाय पर्यटनसँग निर्भर छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १ : ४५ बजे

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय

सत्ता समीकरण दलहरूको बैठक बस्दै

काठमाडौं – आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ

‘पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण’ 

धुलिखेल – नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक