आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य « Khabarhub

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

एकाना क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।
कोलकाताको सुरुवात अत्यन्त कमजोर रह्यो। टोलीले ९३ रन बनाउँदा नै ७ विकेट गुमाइसकेको थियो । यस्तो दबाबपूर्ण अवस्थामा रिंकू सिंहले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उकासे ।

उनले ५१ बलमा ८३ रन बनाउँदै आफ्नो लिग करियरकै सबैभन्दा ठूलो इनिङ खेले । उनको इनिङमा ७ चौका र ५ छक्का समावेश थिए। विशेषगरी अन्तिम ओभरमा लगातार ४ छक्का प्रहार गर्दै उनले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए । यसैगरी क्यामरन ग्रीनले ३४ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।

लखनउका लागि मोहसिन खान सर्वाधिक सफल बलर सावित भए । उनले ५ विकेट लिँदै कोलकाताको ब्याटिङ लाइनअप ध्वस्त पारे । उनले क्यामरन ग्रीन, अनुकूल रोय, रोवम्यान पावेल, टिम साइफर्ट र अजिंक्य रहाणेलाई आउट गरे । त्यस्तै रमन्दीप सिंहलाई जर्ज लिन्डेले पवेलियन फर्काए ।

खेलमा एउटा दुर्लभ घटना पनि देखियो। कोलकाताका अंगकृष रघुवंशी ‘फिल्डमा अवरोध गरेको’ कारण आउट घोषित भए। रन लिने क्रममा थ्रो उनको शरीरमा लागेपछि अम्पायरले उनलाई जानाजानी बलको बाटोमा आएको ठहर गर्दै आउट दिएका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ९ : ५६ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका