भारतमा थप दुई नयाँ खोप र चक्कीलाई कोभिडविरुद्ध प्रयोग गर्न अनुमति « Khabarhub

भारतमा थप दुई नयाँ खोप र चक्कीलाई कोभिडविरुद्ध प्रयोग गर्न अनुमति


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतले कोभिडविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्र्बिभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

त्यस्तै, कोभिडविरुद्ध खाने चक्की पनि प्रयोगमा आउने भएको छ । यी तीन ओटै औषधि कोभिडविरुद्धको अभियानमा प्रभावकारी हुने जनाइएको छ ।

दुबै नयाँ खोप आगामी दिनमा बुस्टर डोजको रुपमा प्रयोग गरिने सरकारले जनाएको छ । योसँगै भारतमा कोभिडविरुद्ध आपतकालीन प्रयोगमा ल्याइएका खोपको संख्या आठ पुगेको छ ।

यसअघि कोभिडशिल्ड, कोभ्याक्सिन, जाइकोभ–डी, रसियाको स्पतुनिक भी, अमेरिकामा विकसित गरिएको मोडेर्ना र जोनसन एन्ड जोनसोनलाई भारतको औषधि नियामक निकाय इमर्जेन्सी युज अथराइजेसन (इयुए)ले अनुमोदन गरेको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पनि कोभोभ्यासलाई आपतकालीन प्रयोगको सूचीमा राखेको छ । भारतले प्रयोगका लागि अनुमति दिएको नयाँ खोप कोर्र्बिभ्याक्सलाई भारतको वायोलोजिकल इ लिमिटेडले विकसित गरेको हो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  २ : ४५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४