समाचार

२६४ कोरोना संक्रमित थपिए, २ को मृत्यु

By खबरहब

December 28, 2021

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५३६ जनाको पीसीआर परीक्षणमा २४१ र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।