पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्यो « Khabarhub

पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्यो


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवाँलो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु÷कुहिरो लागेको छ । बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तीन दशमलव छ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ९ : ४० बजे

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका