कुवेतबाट ४ नेपालीको उद्धार « Khabarhub

कुवेतबाट ४ नेपालीको उद्धार


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतबाट ४ नेपालीको उद्धार गरिएको छ ।

गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतमा रोजगारी गुमाइ बिचल्लीमा परेका चार नेपालीको उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरू तनहुँका राजु सावत, तेह्रथुमका भिमार सिङ लिम्बु, मकवनपुरका यादब  ढुंगाना र सिरहाका अजय कुमार मन्डल रहेका छन् ।

उनीहरुलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परीक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी घरसम्म पुग्ने गरिको बसको टिकटको ब्यबस्था गरिएको गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भए  एनआरएनए कुवेतमा सम्पर्क गर्न पनि अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए ।

नेपाल जनाको लागि हवाई टिकट, पीसीआर परीक्षण, अवैध भएर समस्या परेका लगायतलाई सहयोग गरेर काठमाण्डौ बिमान स्थलदेखि घरसम्म पुग्ने खर्चसमेत व्यवस्था गरिने उनले बताए ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : ४० बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र