चितवनमा दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

चितवनमा दुर्घटना, एक जनाको मृत्यु


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख ६२८६ नम्बरको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं २–०२–००१प ५१०४ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार धनुषा जनकनन्दनी गाँउपालिका–५ का २२ वर्षीय श्वेता झाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको अवस्था मध्यम छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : ५५ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको