प्रचण्डको प्रश्‍न : अमेरिका-बेलायत नपठाएर गणतन्त्रको आन्दोलनमा छोराछोरी सरिक गराउनु दोष हो ? (भिडियोसहित) « Khabarhub

प्रचण्डको प्रश्‍न : अमेरिका-बेलायत नपठाएर गणतन्त्रको आन्दोलनमा छोराछोरी सरिक गराउनु दोष हो ? (भिडियोसहित)


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अत्याचार र निरंकुशता’ अब नटिक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले अत्याचार गर्न थालेको आरोप लगाएका हुन् । उनले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि ओलीले अपमानित र हुर्मत लिने काम गरेको आरोप लगाए ।

दाहालले प्रधानमन्त्री ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेर्‍यो भनेर अपमानित गरेको पनि बताए ।

‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो ? मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ? मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?,’अध्यक्ष दाहालले प्रश्न गरे ।

हरौँ भिडियो

सम्बोधनकै क्रममा अध्यक्ष ‘प्रचण्ड’ले आफू निःसन्तान नहुनुमा आफ्नो दोष नभएको बताए । उनले प्रधानमन्त्री ओलीलाई पूर्व क्रान्तिकारहिरूको ‘गोटी’ भएको समेत बताए।

त्यस्तै दाहालले आफूले शान्ति र समृद्धिको बाटोमा देशलाई लैजान खोजे पनि प्रधानमन्त्रीले ‘ह्युमिलियट’ गरेको गुनासो गरेका छन् ।

उनले आफूले छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर कुनै गल्ती नगरेको पनि बताए । आफूहरुले समाजको उत्थानको कुरा उठाएको उल्लेख गर्दै दाहालले भने, ‘हामीले सुशासन र समृद्धिको सपना देखेकै हो, उत्पीडित समुदायको उत्थानको कुरा गरेकै हो । किसानको पेन्सनको कुरा गरेकै हो ।’

सम्बोधनकै क्रममा उनले स्व. गिरिजाप्रसाद कोइरालाको प्रशंसा गरे । निरंकुशताविरोधी आन्दोलनमा निडरताका साथ लागेकाले नै कोइराला महानायक बन्न सफल भएको बताए ।

उनले आफू पनि निरंकुशताकाविरुद्ध अन्तिमसम्म लड्ने बताए । अब आफ्नो गुमाउनु केही बाँकी नरहेको भन्दै दाहालले बाँकी जीवन नेपाली जनताका लागि भएको बताए ।

अध्यक्ष दाहालले देशलाई अध्याँरो सुरुङभित्र हाल्न ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको भन्दै सचेत रहन समेत आग्रह गरेका थिए ।

ओलीलाई शकुनीको संज्ञा

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई ‘शकुनी’को संज्ञा दिए ।

विरोध सभामा बोल्दै वरिष्ठ नेता खनालले ओली १४ वर्ष जेल बस्दा मार्क्सवाद नपढी रामायण र महाभारत पढेर ‘शकुनी’ बनेर निस्किएको आरोप लगाए ।

उनले केपी ओलीले पार्टी फुटाउन नसक्ने भन्दै नेकपा नफुटेको, पद र स्वार्थका लोभी पाखा लागेको बताए । ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि नभएको उनले तर्क गरे ।

पार्टी फुटाउनका लागि केन्द्रीय कमिटीमा कम्तिमा ४० प्रतिशत मत चाहिने भए पनि ओलीसँग त्यो संख्या नै नभएको उनको भनाइ थियो ।

४० प्रतिशत नभएका ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्ने उनले  बताए । ओली समूह गाउँगाउँ पुगेर नेकपा एमाले ब्यूँताउन खोजेको भन्दै नेता खनालले एमाले अब इतिहास भइसकेको बताए।

उनले भने, ‘नेकपा एमाले इतिहास भइसक्यो। अब माओवादी पनि इतिहास भइसक्यो। प्रचण्ड अब माओवादीका नेता होइनन्। आजको यथार्थ नेकपा हो।’

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : ०९ बजे

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१

प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्षले गरे नेपाललाई साढे तीन खर्ब सहयोग गर्ने घोषणा

काठमाडौं– एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कन्दाले प्रधानमन्त्री

एआई चिपको मागले सामसुङको त्रैमासिक नाफामा ऐतिहासिक छलाङ

सियोल- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा