१४ वर्ष जेल बस्दा ओली ‘शकुनी’ भएर निस्के : नेता खनाल « Khabarhub

१४ वर्ष जेल बस्दा ओली ‘शकुनी’ भएर निस्के : नेता खनाल


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘शकुनी’को संज्ञा दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ ले विराटनगरमा गरेको विरोध सभामा बोल्दै वरिष्ठ नेता खनालले ओली १४ वर्ष जेल बस्दा मार्क्सवाद नपढी रामायण र महाभारत पढेर ‘शकुनी’ बनेर निस्किएको आरोप लगाएका हुन् ।

उनले केपी ओलीले पार्टी फुटाउन नसक्ने भन्दै नेकपा नफुटेको, पद र स्वार्थका लोभी पाखा लागेको बताए । उनले केपी ओलीले पुरानो एमाले व्युझाउन खोजेको समेत बताए । ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि नभएको समेत उनले तर्क गरे ।

पार्टी फुटाउनका लागि केन्द्रीय कमिटीमा कम्तिमा ४० प्रतिशत मत चाहिने भएपनि ओलीसँग त्यो संख्या नै नभएको बताए । ४० प्रतिशत नभएका ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्ने उनको भनाइ थियो । ओली समूह गाउँगाउँ पुगेर नेकपा एमाले ब्यूँताउन खोजेको भन्दै नेता खनालले एमाले अब इतिहास भइसकेको बताए।

उनले भने, ‘नेकपा एमाले इतिहास भइसक्यो। अब माओवादी पनि इतिहास भइसक्यो। प्रचण्ड अब माओवादीका नेता होइनन्। आजको यथार्थ नेकपा हो।’

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : २८ बजे

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

गोरखा– मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती

राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र

टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा– गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौं– सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

काठमाडौं– संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको