देशलाई ‘सांसद किनबेचको थलो’ बनाउन खोज्नेलाई जनताले सजाय दिन्छन् : प्रधानमन्त्री (भिडियोसहित) « Khabarhub

देशलाई ‘सांसद किनबेचको थलो’ बनाउन खोज्नेलाई जनताले सजाय दिन्छन् : प्रधानमन्त्री (भिडियोसहित)


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएको बताएका छन ।

नेकपा काठमाडौं महनगर कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनसँग डराएको बताएका हुन ।

उनले अहिले प्रचण्ड–नेपाल पक्ष अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरुको हालत ‘खराब’ हुने तर्क गरे ।

प्रधानमन्त्री ओलीले देशलाई ‘सांसद किनबेचको थलो’ बनाउन खोज्नेलाई जनताले सजाय दिने बताए । संकटकाललाई देखाउँदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै उनले तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पारे ।

हेरौँ भिडियो

आफूलाई प्रचण्डले अध्यक्ष बनाएको भ्रम फैलाइएको भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री आफूले बताएको तर्क गरे ।

ओलीले प्रचण्ड–नेपाल पक्षले आफूलाई सरकार र पार्टी सञ्चालनमा अवरोध गरेको र अहिले सो पक्ष अलग्गिएपछि पार्टी नै शुद्ध भएको बताए ।

त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताए । उनले प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक सबैलाई ह्वान पनि गरे ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ६ : १३ बजे

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको