‘इन्दिरा गान्धी लुक्स’मा कंगना « Khabarhub

‘इन्दिरा गान्धी लुक्स’मा कंगना


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी भारतकै सबैभन्दा बलियो प्रधानमन्त्रीमा गनिन्छिन् । भारतमा कमै मात्र राजनेता छन्, जसले इन्दिरा जस्तो राजनीतिक इच्छाशक्ति र लोकप्रियता पाएका छन् ।

अब राजनीतिका यी ठूला अनुहार फिल्मी पर्दामा देखिँदैछन् । जसको भूमिकामा कंगना रनावतले अभिनय गर्दैछिन् । शुक्रबार मात्र यो राजनीतिक ड्रामाको घोषणा गरियो ।

फिल्मको नाम हालसम्म तय गरिएको छैन । कंगनाका अनुसार फिल्मको तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । उनले यो इन्दिराको पूर्ण बायोपिक नहुने बताइन् । ‘यो एक पिरियड फिल्म हो । जसका माध्यमबाट देशको सामाजिक र राजनीतिक परिदृश्यलाई प्रस्तुत गरिनेछ । फिल्ममा भारतका लोकप्रिय कलाकारको उपस्थिति हुनेछ ।

कंगनाले फिल्म एक पुस्तकमा आधारित हुने बताइन् । तर उनले पुस्तकबारे केही खुलासा गरेकी छैनन् । यो फिल्ममा इन्दिरा गान्धीको कार्यकालका दुई ठूला निर्णय संकटकाल र अपरेसन ब्लुस्टारलाई चित्रण गरिनेछ ।

कंगनाले फिल्मको बारे जानकारी दिँदै ट्वीटरमा इन्दिरा गान्धीको तस्बिर शेयर गरिन् । फिल्मको निर्देशन कंगनाका साथ ‘रिभल्भर रानी’ निर्देशक साई कबीरले गर्दैछन् । फिल्ममा साई कबिरकै कथा तथा पटकथा हुनेछ । यो एक पिरियड फिल्म हुनेछ, जसमा सञ्जय गान्धी, राजीव गान्धी, मोरारजी देसाई र लालबहादुर शास्त्री चरित्र पनि प्रस्तुत हुनेछन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : ५९ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको