चीनको ‘अघोषित नाकाबन्दी’विरुद्ध व्यवसायीद्वारा रसुवामा प्रदर्शन « Khabarhub

चीनको ‘अघोषित नाकाबन्दी’विरुद्ध व्यवसायीद्वारा रसुवामा प्रदर्शन


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय व्यवसायीहरुले चीनको ‘अघोषित नाकाबन्दी’विरुद्ध प्रदर्शन गरेका छन्। व्यवसायीहरुले रसुवागढी भन्सार कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनको क्रममा व्यवसायीहरु ‘व्यवसायीलाई गरिखान देउ, चीन वारिपारि कन्टेनरको सहज आवागमन सुनिश्चित गर, सीमामा बस्ने नेपालीको सुरक्षा सुनिश्चित गर, अन्तर्राष्ट्रिय व्यापार कानूनको पालना गर, व्यापार तथा पारवाहन सम्झौता पालना गर, चीनसँग सहज व्यापारको लागि पहल गर सरकार र अघोषित नाकाबन्दी अन्त्य गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।

रसुवागढी नाका हुँदै चिनियाँ समान भित्र्याउनु फलामको चिउरा चपाउनु जस्तो भएको उनीहरुको भनाइ छ ।

सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको समेत गुनासो गरेका छन । अहिले रसुवागढी-केरूङ नाका हुँदै सामान आउन सकेको छैन।

केही दिनअघि उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनको पछिल्लो रवैया प्रति असन्तुष्टि जनाएका थिए ।

विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उनले चीनको चर्को आलोचना समेत गरेका थिए। पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको मन्त्री भट्टको भनाइ थियो।

१०-१० महिनादेखि सामान रोकिएको बेला कन्टेनरको मूल्य समेत बढाएको भन्दै यो गलत भएको मन्त्री भट्टले बताएका थिए ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : १० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६