'चहर्‍याइरहेको घाउ'मा मलम लगाउने काम गरौँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

‘चहर्‍याइरहेको घाउ’मा मलम लगाउने काम गरौँ : प्रधानमन्त्री


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चहर्‍याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताएका छन ।

मानवसेवा आश्रमले सञ्चालन गरेको मेचीमहाकाली सडक उद्धार अभियानको आज समापन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्दिरमा पूजाआजा गर्नुभन्दा सडकमा मागेरसमेत खान नसक्ने व्यक्तिको दर्द बुझेर सहयोग गर्न सबैलाई अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले मुलुकमा उपदेश दिन धेरै भगवानका दुत भेटिने गरेको तर मानवसेवा आश्रमका युवाले जस्तो कसैले नगरेकाले उनीहरु साँच्चैका भगवानका दूत बनेर आएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीले भने, “उहाँहरु साँच्चै नै देवताले पठाएका मान्छे जस्तो लाग्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर खोजीखोजी बेसहारालाई उद्धार गरी संरक्षण गर्नु सामान्य कुरा होइन, उहाँहरु भगवानका दुत नै हुनुहुन्छ ।”

गत पुस ७ गतेदेखि शुरु भएको मेचीमहाकाली सडक उद्धारका क्रममा आश्रमले ७०० भन्दा बढी व्यक्तिलाई सडकबाट उद्धार गरेको छ ।

उक्त कार्यक्रमको बालुवाटारमा प्रधानमन्त्री ओलीले नै शुभारम्भ गरेका थिए ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको राष्ट्रिय लक्ष्य पूरा गर्न आश्रमको अभियान महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उनले दुःखका सबै कारण समाप्त पार्नुपर्छ भनेर शुरु गरिएको सरकारी अभियानमा बेसराको उद्धार र संरक्षण कार्यलाई एउटा महायज्ञको सङ्ज्ञा दिए।

उनले महायज्ञको मण्डव भत्काउने तत्व पनि फेला पर्न सक्नेतर्फ सतर्क गराए । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउने महाअभियानमा अबरोध पु¥याउने तत्व देखिएको भन्दै त्यसप्रति चिन्ता प्रकट गरे ।

प्रधानमन्त्री ओलीले घाउमा पराल गडिएका व्यक्तिको उद्धार गरी उनीहरुलाई सामान्य जीवनमा फर्काउनु, नयाँ जीवनको सञ्चार दिनु, मानव समाजप्रति फैलाएको घृणाभाव समाप्त पार्दै मानवताप्रतिको आस्था जगाउनु सामान्य कुरा नभएको बताए ।

‘सेवा नै परमोः धर्म’ भन्ने उक्तिको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यो भन्दा ठूलो पुण्य कार्य अरु केही हुनै नसक्ने बताए ।

देवकोटाको ‘कुन मन्दिरमा जान्छौँ’ यात्री भन्ने कविताले आज सार्थकता पाएको महसुस भएको उनले बताए । मन्दिरमा जानुभन्दा चहर्‍याइरहेको घाउमा मलम लगाउन प्रधानमन्त्रीले सबैमा अनुरोध गरे ।

विसं २०७८ भित्र मुलुकलाई बेसहारा सडक मानवरिहत बनाउने सङ्कल्प सरकारले लिएको स्मरण गराउँदै यस्ता अभियानले उक्त घोषणालाई सार्थक बनाउने प्रधानमन्त्री ओलीको धारणा थियो ।

प्रधानमन्त्री ओलीले सरकारी तवरबाट भएको भए ६०० जनालाई सडकबाट उद्धार गर्न दशौँ करोड लाग्ने तर त्यही काम मानवसेवा आश्रमले सहज रुपमा सम्पन्न गरेकोमा प्रशंसा गरे । उनले आश्रमले यो अभियान किन चलाउनुपर्‍यो भनेर बुझ्न सरकारी निकायसँग आग्रह गरे ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : ३४ बजे

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९

उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छाैं : प्रचण्ड

धनुषा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर – भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

सांसद मन्त्री हुन नपाउने व्यवस्था आवश्यक : लिङ्देन

सुदूरपश्चिम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको

अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

मुगु – हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज