थोमस एल्वा एडिसनको एक प्रेरक प्रसङ्ग « Khabarhub

थोमस एल्वा एडिसनको एक प्रेरक प्रसङ्ग


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एडिसन फोनोग्राम बनाउने काममा व्यस्त थिए । यसैबीच एउटा बिग्रिएको मेसिनबाट आइरहेको स्वरले उनलाई निकै डिस्टर्व भइरहेको थियो । उनले त्यो मेसिन ठीक पार्ने जिम्मा आफ्ना सहायकलाई दिए ।

दुई वर्षसम्म त्यस मेसिनमा काम गरिसकेपछि सहायक एडिसनसामु आएर भने— मिस्ट एडिसन, मैले तपाईंको हजारौँ डलर र आफ्नो जीवनको दुई वर्ष यही काममा गुमाएँ तर परिणाम शून्य रह्यो । मबाट काम हुन सकेन । त्यसैले म राजीनामा दिन चाहन्छु ।

सहायकले आफ्नो राजीनामा पत्र टेबुलमा राखिदिए र भने— कृपया मेरो राजीनामा स्वीकृत गरियोस् ।

एडिसनले केही नसोची त्यो पत्र उठाएर च्यातिदिए र भने— म तिम्रो राजीनामा अस्वीकार गर्छु ।

उनले सहायकलाई सम्झाए— जर्ज, मलाई विश्वास छ, हरेक ईश्वरले दिएका समस्याको समाधान पनि उसैसँग छ । हामीले त्यसको समाधान गर्न नसके पनि कुनै न कुनै दिन कसै न कसैबाट समाधान हुनेछ । त्यसैले जाऊ र पुनः कोसिस गर ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : २५ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका