इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज भारतलाई « Khabarhub

इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज भारतलाई


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको छ  ।

पुनेमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले कब्जा गरेको हो ।

भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका साम करणले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । डाविड मालनले ५० रनको इनिङ्स खेल्दा लियाम लिभिङस्टोनले ३६ रन बनाए ।

यस्तै बेन स्टोक्सले ३५, मोइन अलीले २९ रन जोड्दा कप्तान जोस बट्लरले १५ रन बनाए । आदील राशिद १९ र जासन रोय १४ रनमा आउट भए । मार्क उड पनि १४ रन बनाएर आउट भए ।

भारतका सार्दुल ठाकुरले ४ विकेट लिए । भुवनेश्वर कुमारको नाममा ३ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ४८ ओभर २ बलमा अलआउट हुँदै ३ सय २९ रन बनाएको थियो ।

भारतका लागि ऋषव पन्तले ७८ रनको अर्धशतकीय इनिङ्स खेल्दा शिखर धवनले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

यस्तै हार्दिक पाण्डयले ६४ रनको इनिङ्स खेले भने रोहित शर्मा ३७ रनमा आउट भए । शार्दुल ठाकुरले ३० तथा कुर्नाल पाण्डयले २५ रन बनाए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : ४५ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति