भारतमा संक्रमण वृद्धिमा यो वर्षको नयाँ रेकर्ड, एकैदिन ६८ हजार २०६ संक्रमित | Khabarhub Khabarhub

भारतमा संक्रमण वृद्धिमा यो वर्षको नयाँ रेकर्ड, एकैदिन ६८ हजार २०६ संक्रमित


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो ।

यसअघि आइतबार यो वर्षकै दोस्रो धेरै ६२ हजार ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ३९ हजार २१० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख ५३ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख २३ हजार ६०२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : १५ बजे

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार