मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा विस्तारको काम तीव्र « Khabarhub

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा विस्तारको काम तीव्र


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो ।

गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा काम अघि बढाएको हो ।

जिल्लाको २४ किलोमिटर खण्डमध्ये कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार हुँदैछ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो । कुस्मास्थित आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार मोदी गाउँपालिकाको पातीखोलादेखि चुवाको परादीसम्म कालोपत्रको काम सकिएको छ ।

कुश्मामा विद्युत्का पोल हटाएर मध्य खण्डमा माटो भर्ने काम भइरहेको छ । पातीचौरमा कालोपत्र गर्न सबै स्टक्चर तयार भइसकेको छ । सडक चौडा पार्ने, नाली बनाउनेलगायत पूर्वाधारका काम सबै सकिएकाले अब बेस हालेर कालोपत्र गर्न धेरै समय नलाग्ने बताइएको छ । कुश्मा बजारको खरेयादेखि डम्डारेखोलासम्म चार लेनको सडक बनाउन विद्युत्का पोल, खानेपानीका पाइप र केही घर, टहरा हटाउँदा काममा ढिलो भएको थियो ।

सडक विस्तारमा अवरोध रहेका सबै संरचना हटाएपछि कुश्मामा सबैजसो कामदार परिचालन भएका छन् । चुवा, कुश्माको बान्द्रे बिँडी र मोदीको केही भागमा भिरको पहरो फुटाएर सडक चौडा बनाइएको छ । लामा कन्स्ट्रक्सनका प्रतिनिधि राजाराम आचार्यले आउँदो जेठभित्रै पर्वत खण्ड सकिने बताए ।

विसं २०७५ वैशाखदेखि शुरु भएको पर्वत खण्ड विस्तारको काम गएको भदौमा सकिनुपर्ने हो । कोभिडका कारण भएको लकडाउनले रोकिएपछि आयोजना कार्यालयले नौ महिना समय थप गरेको छ । तत्कालीन आयोजना प्रमुख आशिष थापा मगरले कास्की, पर्वत र बागलुङ खण्डमा अपेक्षित काम भएकाले अब थपिएको मितिमै काम सकिने बताए ।

कुनै अवरोध र समस्या नआइ काम हुने भने पोखरादेखि बागलुङसम्मको खण्ड नयाँ स्वरुपमा बदलिने छ । मध्य पहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टे खोला सम्मको खण्डको काम सकिएको छ । हेम्जादेखि सिम्पानीसम्मको खण्ड सकिएमा कास्की खण्डको काम पूरा हुने बताइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : २९ बजे

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको