इलाममा दुई करोडको आधुनिक कृषि बजार बन्दै | Khabarhub Khabarhub

इलाममा दुई करोडको आधुनिक कृषि बजार बन्दै


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाममा करिब दुई करोड लागतमा कृषि बजार निमार्ण हुने भएको छ ।

इलाम नगरपालिका वडा नं. ७ स्थित सिंहवाहिनी खोस्लीमा निर्माण हुन लागेको कृषि बजार (सब्जी तथा पशुबजार) को सोमबार प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले शिलान्यास गरेका छन् ।

इलाम नगरपालिकाले निर्माण गर्न लागेको सो भवनको एक करोड ९९ लाख रुपैयाँको लागत रहेको छ । फलामको ट्रष्ट प्रयोग गरेर बनाइने भवनको छाना जस्ताको लगाइने र एक तलामा सब्जी तथा अर्को तलामा पशु बजार लगाइने नगरपालिकाले जनाएको छ ।

इलाम नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्दै लैजाने योजनाअनुसार कृषिलाई प्राथमिकता दिएको नगरप्रमुख महेश बस्नेतले बताए ।

स्वास्थ्यका दृष्टिकोणले पनि व्यवस्थित बजारको रुपमा भवन निर्माण गरिने नगरप्रमुख बस्नेतको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : २८ बजे

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई