आज ५.४५ अंकले घट्यो नेप्से, ९१ लाख कित्ता सेयर किनबेच « Khabarhub

आज ५.४५ अंकले घट्यो नेप्से, ९१ लाख कित्ता सेयर किनबेच


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से ५.४५ अंकले घटेर २५४३.५२ बिन्दुमा पुगेको हो ।

हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहमा १.०७ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

६४ हजार ५१५ पटकको कारोबारमा ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्‍फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार भएको छ । बैंकको ४४ करोड ३१ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । अपर तामाकोशीको ३८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ०५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी