सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरु « Khabarhub

सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरु


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको उच्चस्तरीय सुरक्षा तालिम आजबाट शुरु भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा बलाधिकृत रथी प्रभुराम शर्माले तालिमको शुभारम्भ गरेका हुन् ।

तालिमको शुभारम्भ गर्दै बलाधिकृत रथी शर्माले यस किसिमको उच्च तहको तालिमले सहभागीहरुमा राष्ट्रिय सुरक्षा सम्बन्धी विविध विषयहरुमा विस्तृत ज्ञान प्राप्त हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राखेका थिए ।

तालिम चैत्र ३१ गतेसम्म सञ्चालन हुनेछ । तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायहरुका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरु, विश्‍व विद्यालय तथा शिक्षण संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी तथा राष्ट्रिय समाचार समितिका गरी जम्मा २७ जना शिक्षार्थीहरुको सहभागिता रहेको छ ।

 अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिती तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरु समावेश गरी संचालन गरिने यस्तो तालिमबाट विभिन्न सरोकारवालाहरुबीच सुरक्षा सम्बन्धि विषयहरुमा साझा समझदारीको विकास हुने, सहकार्यको वातावरण विकास हुने तथा नीति निर्माण कार्यमा टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ४५ बजे

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने