नख्खुमा देखियो बर्ड फ्लु, डेढ हजार बढी कुखुरा र हाँस नष्ट | Khabarhub Khabarhub

नख्खुमा देखियो बर्ड फ्लु, डेढ हजार बढी कुखुरा र हाँस नष्ट


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पक्षीमा बर्ड फ्लु रोग देखिएको छ ।

पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग गत शुक्रबार देखिएको जानकारी दिए ।

नेपालमा यसवर्ष बर्ड फ्लु रोग देखिएको यो छैटौँ पटक हो । यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँ बर्डफलु देखिएको थियो ।

बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमणसमेत गरिसकेको जानकारी दिए ।

उक्त क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र