स्वप्नदोषको घरेलु उपचार विधि « Khabarhub

स्वप्नदोषको घरेलु उपचार विधि


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राति या दिउँसो निदाइरहेको समयमा स्वप्नमा कसैलाई अँगालोमा हाल्ने या कामोत्तेजक दृश्य देख्ने अथवा स्वप्नमा कुनै सुन्दर स्त्रीलाई देखेर ऊसँग रतिक्रिया गर्नाले वीर्य निस्किन्छ । यसलाई नै स्वप्नदोष या अँग्रेजीमा नाइट फल र सामान्य भाषामा वीर्य निस्कनु भनिन्छ । यो विशेष गरी तातो वस्तुहरुको सेवन, मासु–माछाको अधिक सेवन, कब्जियत, कामुक विचार, दिनमा अश्लिल फिल्म या साहित्य पढ्नु, कुनै सुन्दर स्त्रीको सम्पर्कमा रहनु आदि कारणले हुने गर्छ ।

घरेलु उपचार

— राति सुतिरहेको समयमा मूत्र त्याग गरेर सुत्नाले मूत्राशय खाली हुन्छ र वीर्यपात या स्वप्न दोष हुँदैन ।

—     गोक्षुरादि (स–साना पात हुने सेतो फूल फुल्ने बोट) गुग्गुल (एक काँडेदार रुख) का दुई दुई गोली बिहान–बेलुका दूधसँग खानाले स्वप्नदोष ठीक हुन्छ ।

—चन्द्रप्रभा चक्कीको दुई–दुई गोली बिहान–बेलुका दूधसँग लिनाले स्वप्नदोष ठीक हुन्छ ।

—     १ ग्राम अमला चूर्ण, १ ग्राम हर्रो, १ ग्राम बहेडा सबैलाई राति सुत्ने समयमा दूधसँग लिनाले दिसा साफ हुन्छ र कब्जियतबाट हुने स्वप्नदोष ठीक हुन्छ ।

— एक चम्चा गोखरुको चूर्ण दूधसँग लिनाले एवं त्यसमा थोरै मिश्री मिलाएर पिउनाले वीर्य गाढा हुन्छ र स्वप्नदोष ठीक हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : १९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग