आजको मौसम :  मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना « Khabarhub

आजको मौसम :  मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज ठाउँठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा  र तराईका एक-दुई स्थानहरुमा र अपरान्हपछि मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार पनि वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

बैशाख १६ गते (बिहीबार)

दिउँसो:  देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा  र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन, चट्याङ ,हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख १७ गते (शुक्रबार)

दिउँसो:  देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा  र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख १८ गते (शनिबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केही स्थानमा मेघगर्जन,चट्याङ,हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति :  देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ७ : २५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी