धारापानीमा स्कुटर दुर्घटना,  दुई जनाको मृत्यु « Khabarhub

धारापानीमा स्कुटर दुर्घटना,  दुई जनाको मृत्यु


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा भएको स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा त्यसमा सवार दुवै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

मृतकमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत हुनुहुन्थ्यो भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका थिइन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ७ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना