टीकापुर र सेती अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द « Khabarhub

टीकापुर र सेती अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर- कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् ।

कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएका छन् ।

अस्पतालबाट प्रदान गरिँदै आएका बहिरङ्ग सेवा आजदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएका छन् ।

“कोरोना दिनानु दिन बढिरहेकाले अत्यावश्यक अवस्थामा बाहेक अस्पतालमा नआउनसमेत नागरिकलाई अनुरोध गरेका छौँ”, टीकापुर अस्पतालका डा रमेशप्रसाद उपाध्यायले भने, “कोरोना सङ्क्रमणका बिरामीलाई धान्न सक्ने अवस्था छैन । अब अस्पतालमा अन्य बिरामीको भीड गर्न थप जोखिम भएको छ । अस्पतालले विगतजस्तो निरन्तर सेवा दिन सक्ने अवस्था छैन ।”

उनले अस्पतालमा दैनिक १५ जना बढी कोरोनाको लक्षणका बिरामी आउन थालेकाले अस्पतालमा थप जोखिम बढेको बताए ।

“हामीले समस्या भएमा बिरामीले फोनबाट परामर्श लिनसक्ने व्यवस्थाका लागि चिकित्सकहरूको मोबाइल नम्बर बाँडेका छौँ । सामान्य समस्या भएकालाई टेलिफोनमै परामर्श लिन भनेका छौँ”, उनले भने, “यस्तो विपत्तिमा नागरिकलाई खानपानमा ध्यान दिन, सुरक्षित रहन आग्रह गर्ने हो । श्वासप्रश्वासमा समस्या भए यहाँ अक्सिजन पाउन मुश्किल छ ।”

टीकापुर अस्पतालले १५ शय्याको अक्सिजनसहितको कक्षसमेत सञ्चालन गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले समेत आकस्मिकबाहेक बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा स्थगित गरेको छ ।

बुधबार अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको निर्देशनानुसार आजदेखि बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको जनाएको छ । साथै अस्पतालले उक्त अवधिमा अस्पतालमा कार्यरत चिकित्सक लिनसक्ने गरी सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ११ : ४० बजे

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै