दमकमा भेटियो शंकास्पद बस्तु | Khabarhub Khabarhub

दमकमा भेटियो शंकास्पद बस्तु


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वपश्चिम राजमार्गको दमक- ९ स्थित चियादोकान नजिकको भित्री सडकमा आज विहान शंकास्पद बस्तु फेला परेको छ ।

एउटा टिनको बट्टामा तार बाँधेर सडकमा फालिएको अवस्थामा सो शंकास्पद बस्तु भेटिएपछि सेनाको सहयोगमा उक्त बस्तुलाई निस्क्रिय पारिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले वताए ।

उनका अनुसार त्यस शंकास्पद बस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले विहान ९ वजे निस्क्रिय बनाएको हो ।

विहानै शंकास्पद बस्तु देखिएपछि त्यस आसपासका बासिन्दाहरु त्रसित भएका थिए ।  तर त्यहाँ टिनको बट्टामा ढुंगा हालेको पाइएको छ ।

घटनास्थलमा नेकपा विद्रोही समूहको पर्चा टासिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ ।

बम भनेर त्रसित बनाउने समूहको खोजी भइरहेको प्रनाउ कार्कीले वताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ११ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर