पैताला किन पोल्छ ? यसरी गर्नुहोस उपचार | Khabarhub Khabarhub

पैताला किन पोल्छ ? यसरी गर्नुहोस उपचार


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसम लागेसँगै केही मानिसमा पैताला पोल्ने समस्या हुने गर्दछ । कतिपयमा त यो समस्यामा हुदाँ भतभती पैताला पोल्ने गर्दछ । तर धेरैले यसलाई गम्भीरतापूर्वक लिँदैनन् ।

पैताला पोल्ने समस्यालाई सामान्य ठान्ने भुल गर्नु हुदैँन । अन्यथा यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ । तर किन पैताला पोल्ने गर्दछ त ?

पैतला पोल्नुमा शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हनु प्रमुख कारण हो । साथै उच्च रक्तचाप भएकालाई पनि पैतला पोल्ने समस्या हुन्छ ।

रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ । जसले गर्दा छालाको रङमा बदलाव, हातखुट्टाको तापमानमा समेत कमी रहन्छ । अझ मिर्गौलासम्बन्धी समस्या भएकाकामा पैतलामा जलन हुने गर्दछ ।

यस अलावा थाइरोइड हर्मोनको स्तर कम हुँदा, औषधिको साइडइफेक्ट हुँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ ।

घरेलु उपचार :
१. मनतातो पानीमा सिधे नुन हालेर १०/१५ मिनेटसम्म खुट्टा डुबाउँदा समस्या कम हुन्छ ।
२. लौकालाई काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि पोल्ने समस्यामा राहत मिल्दछ ।
३. बेसारमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ त्यसैले यसको प्रयोगले पनि यो समस्या हट्दछ ।
४. शाकाहारी खाना, दुग्ध पदार्थ नियमित खादाँ पनि यो समस्या कम भएर जान्छ ।
५. प्रोटिनयुक्त खानेकुराको सेवनले पनि यो समस्यामा राहत दिलाउँछ ।
६. भिटामिन बी पाइने खाना, अण्डा, माछा, सी फुडको सेवनले पनि यसमा राहत हुन्छ ।
७. यदि माथिका सामग्री अभाव भएमा सादा पानीमा केहीबेर खुट्टा डुबाउँदा पनि हुन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ११ : ०५ बजे

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक

आज २०८२ साल कात्तिक ५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक