पैताला किन पोल्छ ? यसरी गर्नुहोस उपचार « Khabarhub

पैताला किन पोल्छ ? यसरी गर्नुहोस उपचार


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसम लागेसँगै केही मानिसमा पैताला पोल्ने समस्या हुने गर्दछ । कतिपयमा त यो समस्यामा हुदाँ भतभती पैताला पोल्ने गर्दछ । तर धेरैले यसलाई गम्भीरतापूर्वक लिँदैनन् ।

पैताला पोल्ने समस्यालाई सामान्य ठान्ने भुल गर्नु हुदैँन । अन्यथा यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ । तर किन पैताला पोल्ने गर्दछ त ?

पैतला पोल्नुमा शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हनु प्रमुख कारण हो । साथै उच्च रक्तचाप भएकालाई पनि पैतला पोल्ने समस्या हुन्छ ।

रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ । जसले गर्दा छालाको रङमा बदलाव, हातखुट्टाको तापमानमा समेत कमी रहन्छ । अझ मिर्गौलासम्बन्धी समस्या भएकाकामा पैतलामा जलन हुने गर्दछ ।

यस अलावा थाइरोइड हर्मोनको स्तर कम हुँदा, औषधिको साइडइफेक्ट हुँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ ।

घरेलु उपचार :
१. मनतातो पानीमा सिधे नुन हालेर १०/१५ मिनेटसम्म खुट्टा डुबाउँदा समस्या कम हुन्छ ।
२. लौकालाई काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि पोल्ने समस्यामा राहत मिल्दछ ।
३. बेसारमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ त्यसैले यसको प्रयोगले पनि यो समस्या हट्दछ ।
४. शाकाहारी खाना, दुग्ध पदार्थ नियमित खादाँ पनि यो समस्या कम भएर जान्छ ।
५. प्रोटिनयुक्त खानेकुराको सेवनले पनि यो समस्यामा राहत दिलाउँछ ।
६. भिटामिन बी पाइने खाना, अण्डा, माछा, सी फुडको सेवनले पनि यसमा राहत हुन्छ ।
७. यदि माथिका सामग्री अभाव भएमा सादा पानीमा केहीबेर खुट्टा डुबाउँदा पनि हुन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ११ : ०५ बजे

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६