भिडभाड नगरी आलोपालो प्रणालीमा काम गर्न शिक्षा मन्त्रालयको निर्देशन « Khabarhub

भिडभाड नगरी आलोपालो प्रणालीमा काम गर्न शिक्षा मन्त्रालयको निर्देशन


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका कार्यालयहरुलाई धेरै भिडभाड नगरी आलोपालो प्रणालीमा कार्य सम्पादन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बुधवार एउटा सूचना जारी गर्दै कोभिड–१९ रोकथामका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएकोले सोही बमोजिम व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयमा आलोपालो प्रणालीबाट सञ्चालन गर्न निर्देशन दिएको हो ।

निषेधाज्ञाको समयमा घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यवस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले कोभिड काज जनाउनुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ११ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै