लिखु तामाकोशी गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा वडा अध्यक्षहरुको निवेदन | Khabarhub Khabarhub

लिखु तामाकोशी गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा वडा अध्यक्षहरुको निवेदन


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै वडा अध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले आफ्नो पदको दुरुपयोग गरी लिखु तामाकोशी गाउँपालिकाको कार्यपालिकाको निर्णय पुस्तिकानै कब्जा गरेको र आफू खुसी निर्णय गराउँदै दुराचार, भ्रष्टाचार एवं पदको दुरुपयोग गरेको भन्दै उनलाई पक्राउ गरी पालिकाको निर्णय पुस्तिाका उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको हो।

लिखु तामाकोशी गाउँपालिका कार्यपालिका सदस्य एवं वडा नम्बर ६ का वडा अध्यक्ष शिवप्रसाद न्यौपाने र कार्यपालिका सदस्य एवं वडा नम्बर ७ का कावा वडा अध्यक्ष रजिना बुढाथोकीले अध्यक्ष खड्काले आफू अनुकुल हुने गरी पदको बाँडफाँट गर्ने र विभिन्न शीर्षका पैसा विनियोजन गर्ने नाममा अकूत रुपमा पैसा जम्म गरी भ्रष्टाचार गर्न लागेकोको भन्दै उनलाई तत्काल कारवाही गरी आवश्यक कारवाही गर्न माग गर्दै निवेदन दिएका हुन्।

उनीहरुले अध्यक्षले कार्यपालिका सदस्यहरुलाई ज्यान मार्ने धम्कीसमेत दिएको निवेदनमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १ : ४५ बजे

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो