वार्षिक परीक्षा विद्यालयले आन्तरिक मुल्यांकनबाट गर्न सक्ने « Khabarhub

वार्षिक परीक्षा विद्यालयले आन्तरिक मुल्यांकनबाट गर्न सक्ने


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको परीक्षा विद्यालय आफैले आन्तरिक मूल्यांकनका आधार गर्न सक्ने जनाएको छ ।

कोरोना महामारीका कारण नेपाल सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपछि विद्यालय तह र विश्वविद्यालय तहका परीक्षा अन्योलमा छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले ८, १० र १२ कक्षा बाहेकको वार्षिक परीक्षा विद्यालयले नै गर्ने भएकाले विद्यालय आफैले आन्तरिक मुल्यांकनका आधारमा वार्षिक परीक्षा गर्न सक्ने बताए ।

विद्यालयले आफ्नो अनुकुलतामा वार्षिक परीक्षा आन्तरिक मुल्यांकनको आधारमा गर्न सक्ने उनको भनाइ छ ।

उनले भने, ‘विद्यार्थीहरूलाई अहिले भौतिक रुपमा उपस्थित गराएर परीक्षा लिनसक्ने अवस्था नरहेकोले नयाँ शैक्षिक सत्र शुरू हुन अगावै विद्यालयले आन्तरिक मुल्यांकनका आधारमा परीक्षा गरेर नतिजा प्रकाशन गर्न सक्छन् ।’

शर्माका अनुसार कक्षा ८ को परीक्षको सन्दर्भमा भने सम्बन्धित विद्यालय आफैले निर्णय लिन सक्छन् ।

त्यस्तै कक्षा १० र १२ को परीक्षा बारे शिक्षा मन्त्रालयले कोरोना संक्रमणको स्थितिलाई हेरेर निर्णय गर्ने उनले बताए । अहिलेसम्म कक्षा १० र १२ को परीक्षा पूर्वनिर्धारित समयमा नै सञ्चालन गर्ने गरी तयारी चलिरहेको पनि उनले जानकारी दिए ।

उनले भने, ‘कोरोना संक्रमणको अवस्था अहिलेको जस्तै यथावत रहेको खण्डमा वा परीक्षा सार्नुपर्ने स्थिति आएमा मन्त्रालयले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्छ ।’

यसअघि राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि एसईई परीक्षा र जेठ २६ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने योजनाका साथ परीक्षा तालिका सार्वजनिक गरिसकोको छ ।

पहिले नै जारी भएको परीक्षा तालिका अनुसार एसईई परीक्षा सञ्चालन हुन अब करिब एक महीना मात्र बाँकी छ ।

त्यस्तै कक्षा १२ को परीक्षा सञ्चालन हुन करिब डेढ महीना बाँकी छ । हाल बोर्डले पनि पूर्वनिर्धारित तालिका अनुसार नै परीक्षा सञ्चालनको तयारी गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमनि पौडेलले बताए ।

उनले भने, ‘पूर्वनिर्धारित समयमा परीक्षा सञ्चालन गर्न नसकिएको खण्डमा विद्यार्थीहरूलाई प्रयाप्त समय दिएर अर्का सूचना जारी गछौँ ।’

कोरोना महामारीका कारण गत वर्षको शैक्षिक सत्र अझै सकिएको छैन् । कारोनाले समयमै शैक्षिक सत्र शुरू गर्न नदिएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली नै संसोधन गरेर गत वर्षको शैक्षिक सत्रलाई आगामी असार सम्मको लागि सारेको छ ।

२०७७ सालको शैक्षिक सत्र वैकल्पिक रुपमा साउनदेखि शुरू भएतापति नेपाल सरकारले गत माघ महीनादेखि मात्रै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने अनुमति दिएको थियो ।

शैक्षिक सत्र सकिने अन्तिम चरणको नेपाल सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपछि पुन अघिल्लो वर्षेकै अवस्था दोहोरिन्छ कि भन्ने आशंकामा विद्यार्थीहरू पुगेका छन् भने आगामी शैक्षिक सत्र पनि अन्योलमै वित्छ कि भन्ने आशंका शिक्षकहरूमा पर्न थालेको छ ।

गत वर्ष लकडाउन हुनु अगावै विद्यालय तह (१–९)का सबै वार्षिक परीक्षा सकिएकाले कक्षा १०, ११ र १२ कक्षाका विद्यार्थीहरूमा बढि अन्योलता देखिएको थियो ।

तर यस वर्ष विद्यालय तकका कुनै पनि परीक्षा सञ्चालन नभएकाले विद्यालय तहदेखि विश्व विद्यालय तह सम्मकै विद्यार्थीहरू अन्योलमा देखिएका छन् ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपछि धेरै विद्यालय तहका र विश्वविद्यालय तहका परीक्षाहरूबीच मै स्थगित भएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  २ : ४४ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार