उन्नतिलाई साधक सम्मान, विदुरलाई पुरस्कार « Khabarhub

उन्नतिलाई साधक सम्मान, विदुरलाई पुरस्कार


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रिएसनको व्यवस्थापनमा राजधानीमा भएको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७’मा गीतकार उन्नति बोहोरा ‘शिला’लाई ‘आजीवन योगदान गीत साधक सम्मान’बाट सम्मानित गरिएको छ ।

कार्यक्रममा रंग पत्रकार विदुर गिरीलाई १५ हजार रुपैंयाँ राशीको ‘राष्ट्रिय रंग पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्दले दुवैलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

गीत र संगीततर्फ ४७ विधामा प्रदान गरिएको अवार्डमा गीत ‘नबोली नबोली’ले सर्वाधिक अवार्ड जितेको थियो । त्यस्तै ‘सर्वाधिक लोकप्रिय गीत’को अवार्ड ‘फुलबुट्टे सारी’ ले पोल्टामा पार्यो ।

यस्तै फेशनतर्फ विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेललाई ‘राष्टिय सेवा सम्मान’, ब्युटिसियन एवम् रोज ब्युटी पार्लर एन्ड टे«ेनिङ सेन्टरकी अध्यक्ष सोनी कारंजित र ब्युटिसियन शारदा खतिवडालाई ‘सौन्दर्यकला सम्मान’, पत्रकार सूर्य चन्दलाई ‘कोभिडविरुद्धको सामाजिक अभियन्ता सम्मान’ प्रदान गरिएको थियो ।

यस्तै खेलाडी डम्बरबहादुर नेपाली, व्यवसायी विनोद पोखरेल, विकाश श्रेष्ठ, गायक गंगाप्रसाद घिमिरे, समाजसेवी मिलनकुमारी गुरुङ, फिल्मकर्मी रफी शाह, सनमकुमार बैराग, साहित्यकार रामचन्द्र ढकाल, कलाकार रमेश श्रेष्ठ, डा. सन्तोष शर्मा भुषाल, इभेन्ट अर्गनाइजर सानु खान, गीतकार सुरेन्द्र महर्जन (अमर)लाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : १५ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग