जनमोर्चाले प्रदेशसभा सदस्य शाही प्रकरणबारे सत्यतथ्य बुझ्ने « Khabarhub

जनमोर्चाले प्रदेशसभा सदस्य शाही प्रकरणबारे सत्यतथ्य बुझ्ने


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ ।

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिएका थिए ।

जनमोर्चाले अविश्वासका प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको थियो । प्रदेशसभा सदस्य शाहीका सम्बन्धमा सत्यतथ्य बुझ्न पार्टीका तर्फबाट महासचिव मनोज भट्ट पोखरा पुगिसकेको प्रवक्ता दुर्गा पौडेलले जानकारी दिइन् । यसैबीच आजै पार्टीले वक्तव्य जारी गर्दै गण्डकी प्रदेशका आफ्ना प्रदेशसभा सदस्य शाहीलाई अस्पतालमा बन्दीका रुपमा राखिएको जनाउँदै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सभासद् जाँदा पनि उनलाई भेट गर्न नदिइएको जनाउँदै पार्टीले उनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।

बुधबार गण्डकी प्रदेशसभामा जनमोर्चाका सचेतक पियारी थापाले मुख्यमन्त्रीका विरुद्ध राखिएको अविश्वास प्रस्तावमा पार्टीले समर्थन गरेका सन्दर्भमा मतदानको परिस्थिति बनेको दिन पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीको अवस्था अज्ञात रहेकाले सदनमा उपस्थित हुन नसकेको भनी उनको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारवाही नचलाउन माग गरेपछि सूचना टाँस गरी सदन बैठक स्थगन गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : १६ बजे

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

काठमाडौं– सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री संकलन गर्न तीन

भोटेकोसी बाढी प्रभावितको लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं– हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं– भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र