निषेधाज्ञा पूर्ण कार्यान्वयन भएको काठमाडौँ जिल्ला प्रशासनको भनाइ « Khabarhub

निषेधाज्ञा पूर्ण कार्यान्वयन भएको काठमाडौँ जिल्ला प्रशासनको भनाइ


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाएको छ ।

निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केही भीड देखिए पनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुर्‍याइएको बताए ।

उनले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भए पनि कोही यात्रु अलपत्र परेको पाइए उद्धार गरिने जानकारी दिए ।

त्यस्तै प्रशासन कार्यालयमा पासका लागि भिड भएको भन्दै उनले अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने र पासका लागि प्रशासन कार्यालय आउन नपर्ने बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : ३० बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान